गण्डकी प्रदेशको मुख्यमन्त्री दावेदार गुरुङ संघमा सिफारिस
तनहुँ | भदौ २०, २०७९
तनहुँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ संघीय सांसदका लागि सिफारिस भएका छन् ।
अघिल्लो प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दावीसहित प्रदेश सभाव निर्वाचन लडेका स्थायी कमिटी सदस्य गुरुङ संघीय सांसदका लागि सिफारिस भएका हुन् ।
नेकपा एमाले तनहुँको प्रदेश समन्वय कमिटीले गुरुङलाई संघीय संसदमा उठाउने गरी सिफारिस गरेको हो । गण्डकी प्रदेश सरकारमा अर्थमन्त्री रहेर काम गरेका गुरुङ तनहुँ जिल्लामा एमालेको सबै भन्दा शिर्ष एवं लोकप्रिय नेता हुन् ।
२०७४ को निर्वाचणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका उम्मेदवारको रुपमा किरण गुरुङलाई प्रदेश सभा सदस्य लड्न पठाएका थिए । उनीसँगै अध्यक्ष ओलीले तत्कालिन एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीकै उम्मेदवार बनाएर प्रदेश सभामा टिकट दिएका थिए ।
त्यो बेला अध्यक्ष ओलीले एउटा नेता कथंकथाचित पराजित भएमा विकल्प चाहिन्छ भन्दै २ जना शिर्ष प्रदेश सभामा चुनाव लड्न पठाउनु भएको थियो– एमालेका एक जना शिर्ष नेताले भने–दुवै जना विजयी भएपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाएर किरण गुरुङलाई दोश्रो वरियतासहित अर्थमन्त्री बनाउनु भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

